काठमाडौँ ।रास्वपा का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ आइपुगेका छन्। उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल बाहिर ठूलो संख्यामा रास्वपाका नेता, कार्यकर्ता र समर्थकहरूको उपस्थिति रहेको थियो। लामिछाने विमानस्थलबाट बाहिरिँदा उनका समर्थकहरूले नाराबाजी गर्दै भव्य स्वागत गरेका छन्।