Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

लामिछाने रिहाइपछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक सुरु

लामिछाने रिहाइपछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज काठमाडौँमा केन्द्रीय समिति बैठक सुरु गरेको छ। पार्टीका नेता रवि लामिछाने जेलबाट रिहा भई फर्किएपछि पहिलोपटक केन्द्रीय समिति बैठक बसेको हो।

बैठकअघि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत गरिएको थियो। स्वागत कार्यक्रमपछि उनले त्यहाँ उपस्थित शुभेच्छुकहरूलाई संक्षिप्त सम्बोधन गरेका थिए। त्यसपछि कार्यबाहक सभापति डिपी अर्यालले उनलाई कार्यकक्षमा स्वागत गरे।

हाल पार्टी कार्यालयमा केन्द्रीय समिति बैठक जारी रहेको छ।