Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

नाबालिगमाथि अनलाइन ब्ल्याकमेलको आरोपमा कैलालीका युवक पक्राउ

नाबालिगमाथि अनलाइन ब्ल्याकमेलको आरोपमा कैलालीका युवक पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गर्दै नाबालिगलाई मानसिक दबाबमा पारेर ब्ल्याकमेल गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। साइबर ब्युरोका अनुसार धनगढी–१२, कैलालीका २७ वर्षीय सन्दीप चन्दलाई प्राविधिक अनुसन्धानका आधारमा नियन्त्रणमा लिइएको हो।

प्रहरीले जनाएअनुसार चन्दले विभिन्न प्रलोभन र दबाब प्रयोग गरी नाबालिगसँग आपत्तिजनक सामग्री मागेको आरोप छ। पछि पीडितले थप गतिविधिमा संलग्न हुन अस्वीकार गरेपछि ती सामग्री पीडितका विद्यालयका साथी र आफन्तलाई पठाएर चरित्र हत्या गरेको भनिएको छ।

घटनाको अनुसन्धान जारी रहेको र अदालतले चन्दलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको साइबर ब्युरोका एसपी दिपकराज अवस्थीले जानकारी दिएका छन्।