Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच भेटवार्ता तय

प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच भेटवार्ता तय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता तय भएको छ । कार्की र प्रसाईँ बिचमा पुस १५ गतेभित्र उच्चस्तरीय भेटवार्ता तय भएको खुल्न आएको हो ।  

प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालले नागरिक बचाउ महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईंलाई पत्र पठाउँदै भेटवार्ता तय गरिएको जानकारी गराएका हुन् ।

सरकारले सञ्चारमन्त्री जगदिश खरेलको संयोजकत्वमा वार्ता समिति नै गठन गरेर निरन्तर संवाद भइरहेको जनाएको छ ।
सरकारले विभिन्न पाँचवटा बुँदामा तत्काल सम्बोधन गर्नुपर्ने विषयहरू पनि प्रसाईंलाई पत्रमार्फत जानकारी गराएको छ ।