Jul 20 2026 | २०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

सुन–चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ६ सयले घट्यो

सुन–चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ६ सयले घट्यो

काठमाडौँ । उच्च मूल्यको रेकर्डपछि नेपाली बजारमा सुन र चाँदीको भाउ घटेको छ। बिहीबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घट्दै प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि ओरालो लागेको छ। बुधबार प्रतितोला ४ हजार ४२० रुपैयाँ रहेको चाँदी बिहीबार २० रुपैयाँ घटेर ४ हजार ४०० रुपैयाँमा झरेको छ।