Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

रवि–बालेन भेटवार्ता सम्पन्न, निस्कँदा रविको संकेतात्मक प्रतिक्रिया

रवि–बालेन भेटवार्ता सम्पन्न, निस्कँदा रविको संकेतात्मक प्रतिक्रिया

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको निवासमा भएको छलफलपछि लामिछाने बाहिरिएका हुन्।

वार्तापछि सञ्चारकर्मीले छलफलको विषयबारे जिज्ञासा राख्दा लामिछानेले प्रतिप्रश्न गर्दै, ‘मेरो अनुहारले के भन्छ ?’ भने। त्यसपछि ‘लौरो टेक्ने कि घण्टी बजाउने?’ भन्ने अर्को प्रश्नमा उनले ‘बाँकी समयले बताउला, वार्ता राम्रो भयो’ भन्दै प्रतिक्रिया दिएका छन्।

भेटवार्ताको औपचारिक विवरण भने सार्वजनिक गरिएको छैन।