Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछाने नेतृत्वको रास्वपामा बालेन शाह भित्र्याउने तयारी अन्तिम चरणमा

रवि लामिछाने नेतृत्वको रास्वपामा बालेन शाह भित्र्याउने तयारी अन्तिम चरणमा

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई भित्र्याउने तयारी अन्तिम चरणमा पुगेको छ। लामिछाने र शाहबीच निरन्तर भइरहेको वार्तापछि बालेन रास्वपामा आबद्ध हुन तयार भएको खुलेको हो। स्रोतका अनुसार आजै दुवै पक्षबीच सहमति जुट्न सक्ने सम्भावना छ।

बालेन शाहलाई रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने गरी सहमति हुन लागेको बुझिएको छ। आफू प्रधानमन्त्री बन्न नसक्ने अवस्थामा रवि लामिछाने बालेनलाई अघि सार्न सकारात्मक बनेको बताइएको छ। रास्वपा सभापति रवि लामिछानेको मुद्दा अदालतबाट टुंगो नलाग्दासम्म उनी प्रधानमन्त्रीका दाबेदार बन्न नसक्ने अवस्था रहेको छ।

स्रोतका अनुसार रास्वपाले बालेन शाहलाई रवि लामिछानेपछिको वरीयतामा राख्ने तयारी गरेको छ।