काठमाडौँ । केपी ओली हेलिकप्टर चढेर भागेको साढे ३ महिनापछि आज पहिलोपटक बालुवाटार जाँदै छन् । जेन जी आन्दोेलनका कारण ज्यान जोगाउन ओली बालुवाटार बाटै हेलिकप्टरमा भागेका थिए । गत भदौ २४ गते जेनजी आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री ओलीलाई नेपाली सेनाले आफ्नो हेलिकप्टमार्फत बालुवाटारबाट उद्धार गरेको थियो।
त्यसको साढे ३ महिनापपछि आज ओली पहिलोपटक बालुवाटार जान भएका हुन्। सेनाको ब्यारेकबाट बाहिरिएपछि एमाले अध्यक्ष ओलीले त्यस दिन ५ मिनेट मात्र ढिला भएको भए आफू मारिने अवस्था रहेको बताएका थिए। जेनजी आन्दोलनका कारण सत्ता गुमाएपछि ओली पहिलोपटक आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जान लागेका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीले आज बालुवाटारमा आयोजना गर्ने तीन शीर्ष नेतासँगको छलफलका लागि ओली दिउँसो त्यहाँ पुग्ने भएका हुन्।