काठमाडौँ । लगातार केही दिन ओरालो लागेको सुनचाँदीको भाउ आज भने फेरि बढेको छ। स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि देखिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार ५०० मा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला रु चार हजार ५२५ कायम भएको छ।
यसअघि बिहीबार सुन प्रतितोला रु दुई लाख ५९ हजार ६०० र चाँदी रु चार हजार ४१५ मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारतर्फ हेर्दा आज एक औँस सुन चार हजार ३७२ अमेरिकी डलर र चाँदी ७३ अमेरिकी डलर मा किनबेच भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।