Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछाने विरुद्धका मुद्दा फिर्ता लिने निर्णय

रवि लामिछाने विरुद्धका मुद्दा फिर्ता लिने निर्णय

काठमाडौँ । रवि लामिछाने विरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय भएको छ । रास्वपाका सभापति एवम पुर्वगृहमन्त्री लामिछाने विरुद्ध लागेका विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई महान्यायाधिवक्ता कार्यालयल स्वीकृति दिएको खुलेको हो ।

लामिछाने विरुद्धका मुद्धा फिर्ता लिने निर्णय सँगै जिल्ला अदालत कास्कीमा चलिरहेको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता हुने भएको छ । महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्साको सरकारी वकिलको कार्यालय संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिनेछन् ।