काठमाडौँ ।सागर ढकाल फेरि डडेल्धुरामा चुनावी मैदानमा फर्कने तयारीमा छन्। २०७९ सालको संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको टक्कर दिएका ढकालले त्यसबेला १३ हजार मत पाएका थिए।
अब रास्वपा पार्टीबाट आधिकारिक उम्मेदवार बन्ने तयारीमा रहेका ढकालले कान्तिपुरसँगको कुराकानीमा भने, “अफिसियल निर्णय अझै बाँकी छ, तर मेरो नाम लगभग फाइनल जस्तै छ। डडेल्धुरामा धेरै आकांक्षी छन्, तर सबैसँग सकारात्मक भेटघाट भएको छ र सहयोग गर्ने प्रतिबद्धता पाएको छु।”
ढकालले मतदाताको गुनासोबारे पनि प्रतिक्रिया दिएका छन्। उनले भने, “मैले कहिल्यै डडेल्धुराका जनतालाई ‘भेडा’ भनेको छैन। ती अभिव्यक्ति गलत ढंगले फैलिएको हो। १३ हजार मत पाउनु ठूलो कुरा हो, र स्थानीयहरूको योगदानलाई म सधैं सम्मान गर्छु।”
ढकाल अब डडेल्धुरामा चुनावी प्रचार सुरु गर्न तयारीमा छन् र पार्टी तथा स्थानीय सहयोगीसँग मिलेर रणनीति बनाइरहेका छन्।