Jul 20 2026 | २०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

सुनको मूल्य फेरि उकालो, चाँदीको भने घट्यो

सुनको मूल्य फेरि उकालो, चाँदीको भने घट्यो

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यसअघि गत बुधबार सुनले हालसम्मकै उच्च मूल्य प्रतितोला २ लाख ७८ हजार रुपैयाँ छोएको थियो।

उता, चाँदीको मूल्य भने घटेको छ। आइतबार चाँदी तोलामा २० रुपैयाँले घट्दै प्रतितोला ५ हजार ६२५ रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी ५ हजार ६४५ रुपैयाँमा कारोबार भएको थियो। चाँदीले पनि गत बुधबार हालसम्मकै उच्च मूल्य प्रतितोला ६ हजार ६५५ रुपैयाँ छोएको थियो।