काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार पोखराबाट पक्राउ परेका छन्।
कांग्रेसको विवादमा प्रसाईंले निर्वाचन आयोगले करोडौं रुपैयाँ लिएर गगन थापा पक्षलाई आधिकारिकता दिएको आरोप लगाएका थिए। प्रसाईंको यो अभिव्यक्तिपछि आयोगले प्रसाईंविरुद्ध प्रहरीमा उजुरी दिएको थियो।
जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार उनलाई काठमाडौँ पठाउने तयारी भइरहेको छ। राजावादी नेता प्रसाईंले केही समयअघि निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका थिए।
तर, माघ २ गते उनका समूह र सरकारले सहमति गरेका थिए। सिंहदरबारमा हस्ताक्षर भएपछि महाभियानले आफ्ना सम्पूर्ण आन्दोलन कार्यक्रमहरू तत्कालका लागि स्थगित गरेको थियो।