काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले आज फेरि इतिहास बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ एकै दिन तोलामा ९ हजार ५ सय रुपैयाँले बढ्दै ३ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। मंगलबारको तुलनामा चाँदी प्रतितोला ४ सय ३० रुपैयाँले बढेर ७ हजार ३ सय रुपैयाँ कायम भएको छ, जबकि अघिल्लो दिन चाँदी ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो।