Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रबि लामिछाने र स्वर्णिम मिलेर बनाउदै छन घोषणा पत्र

रबि लामिछाने र स्वर्णिम मिलेर बनाउदै छन घोषणा पत्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता स्वर्णिम वाग्लेले पार्टीको घोषणापत्र तयार गर्ने प्रक्रिया सुरु गरेको खुलेको छ। पार्टीले बैकल्पिक शक्तिको रूपमा आफूलाई स्थापित गर्दै विशेषगरी युवा वर्गलाई लक्षित गर्ने नीति ल्याउने तयारी गरेको छ।

पार्टी स्रोतका अनुसार, घोषणापत्रमा शिक्षा, रोजगारी, स्वास्थ्य, सामाजिक सुरक्षा र डिजिटल प्रविधि सम्बन्धी विशेष पहल समावेश गरिनेछ। युवा वर्गका समस्याहरूलाई प्राथमिकतामा राख्दै, रोजगारी सिर्जना, उद्यमशीलता प्रोत्साहन र सरकारसँग जवाफदेही हुने वाचा घोषणापत्रको मुख्य बुँदा बन्नेछ।

रास्वपा भन्छ कि पुराना दलहरूले धेरै आश्वासन दिने मात्र गरेका छन्, तर कार्यान्वयनमा सीमित रहेकाले जनता नयाँ विकल्प खोज्दै छन्। यसै सन्दर्भमा पार्टीले नयाँ राजनीतिक दृष्टिकोण र व्यवहारिक नीतिहरू प्रस्तुत गर्न युवा केन्द्रित घोषणापत्रलाई आधार बनाएको हो।

पार्टीले आगामी दिनमा यस घोषणापत्रको औपचारिक घोषणा गर्ने तयारी गरेको छ, जसले आगामी चुनावमा रास्वपाको लोकप्रियता र रणनीति तय गर्ने अपेक्षा गरिएको छ।