काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य एकाएक बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य अघिल्लो दिनभन्दा १४ हजार ४०० रुपैयाँले उक्लँदै प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी प्रतितोला २ सय ६५ रुपैयाँले वृद्धि भई ५ हजार ६ सय रुपैयाँ कायम भएको छ।