Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाण्डौ क्षेत्र नं ७ मा बिभिन्न पार्टीमा लागेका ७० जना भन्दा बढी व्यक्तिहरु रास्वपा प्रवेश

काठमाण्डौ क्षेत्र नं ७ मा बिभिन्न पार्टीमा लागेका ७० जना भन्दा बढी व्यक्तिहरु रास्वपा प्रवेश

काठमाडौँ । काठमाण्डौ  क्षेत्र नं ७ को नागार्जुन नगरपालिका वडा नं. २ मा बिभिन्न पार्टीमा लागेका ७० जना भन्दा बढी व्यक्तिहरु स्वत स्फुर्त रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। आज भएको  वडा सम्पर्क कार्यालय उद्घाटन तथा मतदाता भेटघाट कार्यक्रममा  काठमाण्डौ -७ का रास्वपा उम्मेदवार गणेश पराजुलीले पार्टी प्रवेश गर्ने सबैलाई रास्वपाको ब्याज लगाएर पार्टीमा स्वागत गर्नु भएको हो। उक्त कार्यक्रममा स्थानिय मतदाताको निकै उत्साहजनक सहभागिता रहेको थियो।  

नागार्जुन नगरपालिका वडा नं. २ मा भएको कार्यक्रममा सोही वडाका  वडा सभापति इ. योगेन्द्र कुमार श्रेष्ठज्यूको सभापतित्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) क्षेत्र नं. ७ का उम्मेदवार गणेश पराजुली ज्यूको प्रमुख आतिथ्यता रहेको थियो। 

Screenshot 2026-02-05 141811.png

कार्यक्रममा बोल्नु हुँदै काठमाण्डौ  क्षेत्र नं ७ का उम्मेदवार पराजुलीले पुराना राजनैतिक दलका गलत आचारण र पुराना राजनीतिक दल भ्रष्टाचार प्रसय गर्न उद्दत भएकै कारण  रास्वपा प्रति युवा र नेपालि जनताको रुचि बढेको बताउनु भयो। 

Screenshot 2026-02-05 141818.png

वडा सम्पर्क कार्यालय उद्घाटन र पार्टी प्रवेश कार्यक्रम पश्चात रास्वपा उम्मेदवार पराजुलीले घरदैलो तथा मतदाता भेटघाट गर्नु भयो। मतदाता सँगको भेटघाटमा मतदाताको सकारात्मक प्रतिक्रिया पश्चात गराजुलीले आफु चुनाब जित्नेमा ढुक्क भएको प्रतिक्रिया दिनुभयो।

Screenshot 2026-02-05 141825.png