Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दुर्गा प्रसाईँको पक्राउप्रति राप्रपाको आपत्ति, तत्काल रिहाइको माग

दुर्गा प्रसाईँको पक्राउप्रति राप्रपाको आपत्ति, तत्काल रिहाइको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नागरिक अधिकारमाथि हस्तक्षेप भएको दाबी गर्दै दुर्गा प्रसाईँलाई बिना शर्त रिहा गर्न सरकारसँग माग गरेको छ। राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजकसमेत रहेका प्रसाईँलाई पटक–पटक पक्राउ गरिएकोप्रति पार्टीले कडा आपत्ति जनाएको हो।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जारी गरेको विज्ञप्तिमा फरक विचार र मान्यतालाई दबाउने उद्देश्यले प्रसाईँमाथि दुःख दिइएको आरोप लगाइएको छ। राज्यको यस्तो व्यवहार प्रतिशोधपूर्ण र अनुचित रहेको उल्लेख गर्दै संविधानले सुनिश्चित गरेका अभिव्यक्ति, आवतजावत र शान्तिपूर्ण विरोधका अधिकार कुण्ठित गरिएको भनिएको छ।

विज्ञप्तिमा प्रसाईँलाई अविलम्ब र बिना सर्त रिहा गर्न सरकारसँग औपचारिक माग गरिएको छ।

बिज्ञप्ति.jpg