काठमाडौं । वीर अस्पतालले स्वास्थ्य बीमा अन्तर्गत प्रदान गर्दै आएको औषधि सेवा घटाएको छ। यसअघि दीर्घरोगी बिरामीलाई बीमा मार्फत एकपटकमा तीन महिनासम्म पुग्ने औषधि दिइँदै आएकोमा अब एक महिनाको मात्र उपलब्ध गराइने निर्णय गरिएको हो।
अस्पतालले १ फागुनदेखि नयाँ व्यवस्था लागू हुने जनाएको छ। जारी सूचनाअनुसार ‘१ फागुनदेखि अर्को व्यवस्था नभएसम्म बिमित सदस्यलाई एक महिनाका लागि मात्रै औषधि उपलब्ध गराइने’ उल्लेख गरिएको छ।
यो निर्णयपछि दीर्घरोगी बिरामीले अब हरेक महिना अस्पताल पुगेर औषधि लिनुपर्ने अवस्था सिर्जना हुने भएको छ।