Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालेनको पश्चिम दौडाहाः रुपन्देहीदेखि नवलपरासीसम्म व्यस्त चुनावी तालिका

बालेनको पश्चिम दौडाहाः रुपन्देहीदेखि नवलपरासीसम्म व्यस्त चुनावी तालिका

काठमाडौँ । स्थानीय तहको चुनावी माहोल तातेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज तीन जिल्लामा केन्द्रित जनसम्पर्क अभियानमा निस्किएका छन्। पार्टीले सार्वजनिक गरेको कार्यतालिका अनुसार उनी रुपन्देही, कपिलवस्तु र नवलपरासीका विभिन्न स्थानमा पुगेर कार्यकर्ता तथा मतदातासँग प्रत्यक्ष भेटघाट गर्नेछन्।

रुपन्देही क्षेत्र नम्बर ४ अन्तर्गत मार्चवारी मन्दिर र लुम्बिनी पर्साचोकमा दिउँसो १:०० बजे कार्यक्रम तय छ। त्यसपछि क्षेत्र नम्बर ५ मा १:२० बजे, क्षेत्र नम्बर ३ मा ३:५० बजे र क्षेत्र नम्बर १ मा ४:०५ बजे जनसम्पर्क कार्यक्रम सञ्चालन हुनेछ।

कपिलवस्तुमा क्षेत्र नम्बर १ को तौलिहवामा १:४० बजे, क्षेत्र नम्बर ३ को बहादुरजंगमा २:०० बजे तथा क्षेत्र नम्बर २ मा २:२०, २:५० र ३:१० बजे कार्यक्रम राखिएको छ। भैरहवा र धकधई क्षेत्रमा समेत भेटघाट कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ।

नवलपरासीमा क्षेत्र नम्बर २ मा ४:२० बजे र क्षेत्र नम्बर १ मा ४:३० बजे कार्यक्रम रहनेछ भने चन्द्रौटा, गोरुसिङ्गे, परासी चोक, बलासपुर र गोपीगंजमा ५:०० र ५:१५ बजे जनसम्पर्क अभियान सञ्चालन गरिनेछ।

कार्यक्रममा स्थानीय मतदातासँग संवाद, घण्टी अभिवादन तथा चुनावी अभियानबारे छलफल गरिनेछ। यसअघि बालेनले नुवाकोट, धादिङ र गोरखामा अभियान सम्पन्न गरेका थिए भने पोखराको भ्रमणपछि आज पश्चिम क्षेत्रमा केन्द्रित भएका हुन्।