Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपाको वाचापत्र सार्वजनिक (पूर्ण पाठ)

रास्वपाको वाचापत्र सार्वजनिक (पूर्ण पाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावका बाचापत्र सार्वजनिक गरेको छ । बिहीबार रास्वपाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित परिवर्तन उद्घोष सभाबाट पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह, उपसभापतिद्वय डिपी अर्याल, स्वर्णिम वाग्लेलगायत नेताहरूले सार्वजनिक गरेका हुन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित ‘परिवर्तन उद्घोष सभा’मा पार्टी सभापति रवि लामिछानेसहित नेताहरूले बाचापत्र सार्वजनिक गरेका हुन्।

बाचापत्रअनुसार ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गरी संकटग्रस्त सहकारीका साना बचतकर्तालाई प्राथमिकताका आधारमा भुक्तानी गरिनेछ। पार्टीले सञ्चालकलाई जेल हाल्नु मात्र समाधान नभएको उल्लेख गर्दै, रकम फिर्ता गर्ने ठोस योजना भए ‘मिलापत्र’को कानुनी बाटो खुला गरिने जनाएको छ। बचत फिर्ताको समयसीमा तोकी, पूर्ण ग्यारेन्टीसहित थुना बाहिरै रहेर सम्पत्ति परिचालन र ऋण असुली गर्न अवसर दिने नीति अघि सारिएको छ।

त्यस्तै, २०८२ भदौ २३–२४ मा भएको जेनजी आन्दोलनका घटनाबारे गठित न्यायिक जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

रास्वपाले २०४६ यता सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति कानुनी प्रक्रियाअनुसार छानबिन गर्ने, अवैध ठहरिए जफत तथा राष्ट्रियकरण गर्ने स्पष्ट कार्यविधि बनाउने र कुनै पनि प्रकारका भ्रातृ संगठन गठन नगर्ने घोषणा गरेको छ।