Jul 20 2026 | २०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

सुन ३ लाख ४ हजार ७ सयमै स्थिर, चाँदी १० रुपैयाँ घटेर ५ हजार ५०

सुन ३ लाख ४ हजार ७ सयमै स्थिर, चाँदी १० रुपैयाँ घटेर ५ हजार ५०

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य बिहीबार पनि कायम रहेको थियो।

यता, चाँदीको मूल्य भने आज १० रुपैयाँले घटेर प्रतितोला ५ हजार ५० रुपैयाँमा किनबेच भइरहेको छ। बिहीबार चाँदी ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो।

सुन स्थिर रहे पनि चाँदीको मूल्यमा दैनिक उतारचढाव देखिएको छ।