Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत भेट, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत भेट, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम चाङ माओमिङ बीच शिष्टाचार भेटवार्ता भएको छ।

प्रधानमन्त्री कार्कीले राजदूत माओमिङलाई बधाइ दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरिन् र नेपाल–चीन मैत्री सम्बन्ध अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरिन्। राजदूत माओमिङले निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने सुनिश्चितताका लागि सरकारलाई बधाइ दिँदै नेपालको लोकतान्त्रिक प्रक्रियामा चीनको निरन्तर सहयोग रहने बताए।

भेटमा विकास परियोजना, पारस्परिक सहकार्य र नयाँ वर्ष (घोडा वर्ष)को शुभकामना आदानप्रदानसमेत भएको थियो। प्रधानमन्त्री कार्कीले नेपाल पञ्चशील सिद्धान्त र ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको दोहोर्याउँदै छिमेकीको हितविरुद्ध कुनै गतिविधि हुन नदिने स्पष्ट पारिन्।