Jul 20 2026 | २०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

सुनको भाउ एकैदिन ५,६०० रुपैयाँले उकालो

सुनको भाउ एकैदिन ५,६०० रुपैयाँले उकालो

काठमाडौँ । सुन बजारले आइतबार फेरि एकपटक तीव्र छलाङ मार्दै उपभोक्तालाई चकित बनाएको छ। एकैदिन तोलामा ५ हजार ६ सय रुपैयाँले बढेपछि सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। यद्यपि, माघ १५ गते सुनले ३ लाख ३९ हजार रुपैयाँ पुगेर ऐतिहासिक कीर्तिमान कायम गरिसकेको छ।

विशेषज्ञहरूले मध्यपूर्वमा बढ्दो भू–राजनीतिक तनावका कारण आगामी दिनमा मूल्य अझै चुलिन सक्ने आकलन गरेका छन्।

सुनसँगै चाँदीको भाउ पनि उकालो लागेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २४५ रुपैयाँले बढेर ५ हजार ९८५ रुपैयाँ पुगेको छ। शुक्रबार यसको मूल्य ५ हजार ७४० रुपैयाँ थियो।