काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन पनि बढेको छ। सोमबारको तीव्र उछालपछि मंगलबार थप २ हजार ५ सय रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको भाउ प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन यो ३ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैबीच, चाँदीको मूल्य भने ओरालो लागेको छ। सोमबार सामान्य वृद्धि देखिएको चाँदी मंगलबार २ सय ५ रुपैयाँले घट्दै प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँमा झरेको छ। अघिल्लो कारोबारमा यसको मूल्य ६ हजार २० रुपैयाँ रहेको थियो।