Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राजुनाथ पाण्डेले बालेन शाहलाई प्रधानमन्त्रीको निश्चित उम्मेदवार ठहराए

राजुनाथ पाण्डेले बालेन शाहलाई प्रधानमन्त्रीको निश्चित उम्मेदवार ठहराए

काठमाडौँ । काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डेले बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को आगामी प्रधानमन्त्री हुनेमा शंका नगर्न आग्रह गरेका छन्।

मंगलबार पत्रकारहरूसँगको कुराकानीमा सांसद पाण्डेले पार्टी लाइनभन्दा बाहिर बोल्ने नेताहरूलाई संयम अपनाउन र अनावश्यक दाबी नगर्न अनुरोध गरे। उनले भने, “हाम्रो प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह हुन्। यसमा कुनै कन्फ्युजन हुन नहुनेछ। रास्वपाका कुनै पनि तहका नेतालाई दायाँबायाँ कुरा गर्ने छुट छैन।”

पाण्डेले डीपी अर्यालको पाँच वर्ष प्रधानमन्त्री बनाउने सहमतिबारे अभिव्यक्तिलाई लक्षित गर्दै भने, “यदि त्यस्तो कुरा भएको हो भने त्यो गैरजिम्मेवार हो र जनता सहनुहुन्न। रास्वपा जे बोल्छ, त्यही गर्छ।”