काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य उल्लेखनीय रूपमा बढेको छ। आज सुन प्रतितोला २ हजार रुपैयाँले महँगिएर नयाँ दरमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आज प्रतितोला ३ लाख १९ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन अर्थात् मंगलबार यही सुन ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो।
यता चाँदीको मूल्य भने प्रतितोला ५ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी पनि यही मूल्यमा किनबेच भइरहेको छ।