काठमाडौँ । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेखनीय कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार छापावाल सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घटेर ३ लाख ९ हजार ४०० रुपैयाँमा झरेको छ। यसअघि शुक्रबार सुनको मूल्य तोलामा ३ लाख १४ हजार २०० रुपैयाँ कायम थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी तोलामा २२५ रुपैयाँले घट्दै ५ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार भने चाँदीको मूल्य तोलामा ५ हजार ४९५ रुपैयाँ थियो।
यसरी, साताको अन्त्यतिर नेपाली बजारमा दुवै बहुमूल्य धातुको भाउ घटेर नयाँ दर कायम भएको छ।