काठमाडौं । हालै सम्पन्न निर्वाचनपछि राजनीतिक सहकार्यको सन्देश दिँदै प्रधानमन्त्री सुशीला कार्कीले नेकपा नेतृत्वसँग भेटवार्ता गरेका हुन् ।
बालुवाटारमा प्रधानमन्त्रीको निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र वर्षमान पुन लगायत नेताहरू बोलाएर उनले प्रतिनिधि सभा निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाएको छन् ।
भेटमा प्रतिनिधि सभाको हालै सम्पन्न निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो। प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन सहयोग पुर्याएको भन्दै नेकपालाई धन्यवाद दिइन् र विजयी नेताहरूलाई बधाईसहित अन्यलाई शुभकामना व्यक्त गरिन्।
नेकपा नेताहरूले पनि कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई देशले स्थायित्वतर्फ अघि बढेको प्रतिक्रिया दिएका छन्। प्रचण्डले निर्वाचन नभएको भए देश ठूलो संकटमा पर्न सक्ने उल्लेख गर्दै प्रधानमन्त्रीको नेतृत्वलाई प्रशंसनीय बताएका थिए।