Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

संयोजकमाथि दुर्व्यवहारप्रति आपत्ति, जेनजी फ्रन्टको कडा प्रतिक्रिया

संयोजकमाथि दुर्व्यवहारप्रति आपत्ति, जेनजी फ्रन्टको कडा प्रतिक्रिया

काठमाडौं । माइतीघरमा प्रदर्शनका क्रममा संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति नेपाल जेनजी फ्रन्टले कडा आपत्ति जनाएको छ।

शुक्रबार जारी विज्ञप्तिमा फ्रन्टले शान्तिपूर्ण आन्दोलनका क्रममा आफ्ना संयोजकमाथि भएको व्यवहारको घोर भर्त्सना गरेको छ। भदौ २३–२४ को जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आन्दोलनकारीहरू ६ दिनदेखि प्रदर्शनमा छन्। सोही क्रममा केही घाइते अगुवाहरूले बमविरुद्ध नाराबाजी गरेका थिए।

फ्रन्टले संविधानले दिएको शान्तिपूर्ण भेला र अभिव्यक्ति स्वतन्त्रताको अधिकारमाथि यस्तो व्यवहार अस्वीकार्य भएको उल्लेख गरेको छ। साथै, आन्दोलनभित्रकै द्वन्द्वले समग्र अभियान कमजोर बनाउने चेतावनी दिँदै असहमति राज्यसँग राख्नुपर्नेमा जोड दिएको छ।

फ्रन्टका अनुसार आयोगको प्रतिवेदन अझै सार्वजनिक नभएकाले सत्य लुकाइएको भन्दै आन्दोलन जारी रहने जनाइएको छ।