काठमाडौँ ।नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। बिहीबार सुनको मूल्य उल्लेख्य रूपमा ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ हजार ९०० रुपैयाँले घटेर २ लाख ८५ हजार ६०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बुधबार भने यही सुन २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १०० रुपैयाँले घट्दै ४ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिन ४ हजार ९२० रुपैयाँ थियो।