काठमाडौं । राजनीतिक परिदृश्यमा नयाँ मोड आएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद बालेन्द्र शाहलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।
शुक्रबार संविधानको धारा ७६ (१) अनुसार उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो । राष्ट्रपति भवन महाराजगञ्जबाट जारी विज्ञप्तिमा उक्त निर्णय औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।
शाह नेपालको ४३औँ प्रधानमन्त्री बनेका छन् । उनको नियुक्तिसँगै नयाँ मन्त्रिपरिषद् गठनको तयारी पनि तीव्र बनाइएको छ ।
उनी आज दिउँसो १२:३४ बजे शीतलनिवासमा आयोजना हुने विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।
संविधान २०७२ लागू भएपछि धारा ७६ (१) अन्तर्गत पहिलो पटक प्रधानमन्त्री नियुक्त भएको यो घटना पनि विशेष मानिएको छ ।