Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ओलीलाई तत्काल रिहा गर्न सर्वोच्चको अस्वीकार

ओलीलाई तत्काल रिहा गर्न सर्वोच्चको अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न अस्वीकार गरेको छ।

पत्नी राधिका शाक्यले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले रिहाइको आदेश दिन नमानेको हो।

अदालतले भने सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै ओलीलाई किन थुनामा राखिएको हो भन्ने स्पष्ट पार्न निर्देशन दिएको छ। अब सरकारले उक्त विषयमा लिखित जवाफ पेश गर्नुपर्नेछ।