Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कठिन घडीमा कांग्रेसलाई एकता कायम राख्न महामन्त्री प्रदीप पौडेलको सन्देश

कठिन घडीमा कांग्रेसलाई एकता कायम राख्न महामन्त्री प्रदीप पौडेलको सन्देश

काठमाडौँ । आन्तरिक चुनौतीबीच नेपाली कांग्रेसभित्र एकता कायम राख्न आग्रह गरिएको छ। महामन्त्री प्रदीप पौडेलले पार्टी विभाजित हुन नहुने भन्दै सबै नेता तथा कार्यकर्तालाई एकजुट हुन अपिल गरेका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत उनले विगतमा एकताकै बलमा कांग्रेसले देशका महत्वपूर्ण राजनीतिक परिवर्तनको नेतृत्व गरेको स्मरण गराउँदै अहिलेको प्रतिकूल अवस्थामा पनि त्यही एकता कायम राख्नुपर्ने बताएका छन्।

उनका अनुसार संकटका बेला पार्टी सँगै उभिँदा मात्र सफलता सम्भव हुने भएकाले आन्तरिक मतभेदभन्दा सहकार्यलाई प्राथमिकता दिन आवश्यक छ। उनले सबैलाई एकताको माध्यमबाट पुनः उज्यालो भविष्यतर्फ अघि बढ्न आह्वानसमेत गरेका छन्।