Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

संसद्‌मा आज रवि लामिछानेको पहिलो सम्बोधन

संसद्‌मा आज रवि लामिछानेको पहिलो सम्बोधन

काठमाडौँ । फागुन २१ पछि सम्पन्न निर्वाचनपछिको प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ। त्यहाँ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विशेष सम्बोधन गर्ने तयारी गरेका छन्।

पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार, लामिछानेले बैठकमा आफ्नो धारणा प्रस्तुत गर्नेछन्। अपराह्न २ बजेदेखि सुरु हुने बैठकमा दलीय आधारमा सांसदहरूले मन्तव्य राख्ने कार्यसूची तय गरिएको छ।