काठमाडौँ । राष्ट्रिय सभाकी उपाध्यक्ष लीला भण्डारीले एमालेमा रहेका सबै पार्टी जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्।
चैत २४ गतेदेखि उपाध्यक्षको पद सम्हालेको उनले विज्ञप्तिमार्फत जानकारी दिँदै, निष्पक्षता र तटस्थता कायम गर्नुपर्ने भूमिकाका कारण पार्टी जिम्मेवारी त्यागेको बताएकी छन्।