Jul 19 2026 | २०८३, श्रावण ३ गते

Jul 19 2026 | २०८३, श्रावण ३ गते

सुन–चाँदीको भाउ उकालो, बजारमा नयाँ रेकर्ड नजिक

सुन–चाँदीको भाउ उकालो, बजारमा नयाँ रेकर्ड नजिक

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा बढेको छ, जसले बजारमा फेरि उछालको संकेत दिएको छ।

शुक्रबार नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार छापावाल सुनको मूल्य २ हजार २ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको छ। यसअघि बिहीबार यही सुन २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। प्रतितोला ८५ रुपैयाँले वृद्धि भई ४ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ, जबकि बिहीबार यसको मूल्य ४ हजार ८ सय ७५ रुपैयाँ रहेको थियो।

लगातार बढ्दो मूल्यले बजारमा लगानीकर्ता र उपभोक्ता दुवैको ध्यान तानेको छ।