Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दुई दिन बिदामा पनि स्वास्थ्य सेवा नरोकिने, अस्पताललाई विशेष निर्देशन

दुई दिन बिदामा पनि स्वास्थ्य सेवा नरोकिने, अस्पताललाई विशेष निर्देशन

काठमाडौँ । लगातार दुई दिन सार्वजनिक बिदा लागू भएसँगै स्वास्थ्य सेवा प्रभावित नहोस् भन्ने लक्ष्यका साथ सरकारले अस्पतालहरूलाई सतर्क बनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को निर्णयपछि अब शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू भएको छ। तर, यसले उपचार सेवामा कुनै अवरोध नआओस् भनेर अस्पतालहरूलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

मन्त्रालयले अस्पतालहरूलाई आफ्नो कार्यभार र उपलब्ध जनशक्तिको आधारमा आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न सकिने व्यवस्था गर्न भनेको छ।