Jul 19 2026 | २०८३, श्रावण ३ गते

Jul 19 2026 | २०८३, श्रावण ३ गते

सुन–चाँदी दुवैको भाउ घट्यो, बजारमा हल्का गिरावट

सुन–चाँदी दुवैको भाउ घट्यो, बजारमा हल्का गिरावट

काठमाडौँ ।नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ। आज सोमबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँमा झरेको छ, जुन आइतबार २ लाख ९७ हजार १ सय रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ७५ रुपैयाँले ओरालो लाग्दै ४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुवै धातुको मूल्यमा आएको यो गिरावटलाई सामान्य बजार उतारचढावका रूपमा लिइएको छ।