काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ६ वटा राष्ट्रिय दलका घोषणापत्र, वाचापत्र र प्रतिबद्धतापत्रका आधारमा ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा सार्वजनिक गरेको छ।
उक्त मस्यौदामाथि वैशाख १० भित्र राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई आफ्ना धारणा पेश गर्न आह्वान गरेको हो।
बालेन्द्र शाह नेतृत्वको सरकारले अघि सारेको सुधार एजेन्डाअनुसार तयार गरिएको यो मस्यौदा आगामी नीति तथा कार्यक्रम र बजेटसँग प्रत्यक्ष जोडिने बताइएको छ।
सरकारका अनुसार सबै दलका एजेन्डालाई एकीकृत गर्दै दीर्घकालीन विकासको साझा मार्गचित्र बनाउने उद्देश्य राखिएको छ। यसको कार्यान्वयन सम्बन्धित मन्त्रालयमार्फत हुनेछ भने समन्वय र अनुगमन केन्द्रबाटै गरिने व्यवस्था गरिएको छ।