काठमाडौँ । नयाँ वर्ष २०८३ को दोस्रो कारोवार दिनमै नेपाली बजारमा सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले वृद्धि हुँदै ३ लाख २ हजार ७०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १५५ रुपैयाँले महँगिएर ५ हजार २२० रुपैयाँ पुगेको छ, जुन हिजो ५ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभाव, विनिमय दरमा हुने उतारचढाव र स्थानीय मागका कारण सुनचाँदीको मूल्यमा यस्तो वृद्धि देखिएको जानकारहरू बताउँछन्। नयाँ वर्षको सुरुवातसँगै भएको यो मूल्यवृद्धिले बजारमा थप चलायमान अवस्था देखिएको छ।