Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

रास्वपाले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार, मुख्य सचेतकमा बुर्लाकोटी

रास्वपाले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार, मुख्य सचेतकमा बुर्लाकोटी

काठमाडौं । संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना उम्मेदवारहरूको टुंगो लगाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी को बिहीबार सिंहदरबारस्थित संसदीय दल कार्यालयमा बसेको बैठकले २ संयुक्तसहित १० एकल समितिका सभापतिका उम्मेदवार तय गरेको हो।

बैठकले पार्टीको मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटी लाई चयन गरेको छ। साथै सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताल लाई जिम्मेवारी दिइएको छ।

समिति सभापतिका उम्मेदवार टुंगिएसँगै रास्वपाले संसदीय गतिविधिमा आफ्नो भूमिकालाई थप व्यवस्थित र सक्रिय बनाउने संकेत गरेको छ।