काठमाडौं । त्रिभुवन विमानस्थलमा प्रहरीले गाँजा/भाङको तेलजस्तो देखिने तरल पदार्थसहित एक जना अमेरिकी नागरिकलाई पक्राउ गरेको छ।
विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार ४६ वर्षीय ओग्नियन पेट्रोभ एअर इन्डियाको उडानमार्फत काठमाडौं–दिल्ली जान लागेका थिए। लगेज चेकिङको क्रममा स्क्रिनिङ गर्दा शंका लागेपछि जाँच गर्दा १.२५ लिटरका पाँच बोतलमा शंकास्पद तरल पदार्थ फेला परेको हो।