काठमाडौँ । साताको सुरुवातसँगै सुनचाँदीको मूल्य घटेको छ। सोमबार सुन प्रतितोला १,३०० रुपैयाँले घट्दै २ लाख ९९ हजार ७ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिन ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको सुन एकैदिनमा घटेको हो। यद्यपि, गत सोमबारको तुलनामा भने मूल्य अझै माथि नै रहेको देखिन्छ।
यस्तै, चाँदीको भाउ पनि घट्दै प्रतितोला ३५ रुपैयाँले ओरालो लागेर ५ हजार १९० रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन ५ हजार २२५ रुपैयाँ रहेको चाँदीको मूल्य पनि साताको सुरुमै घटेको हो।