काठमाडौँ । स्थानीय बजारमा बहुमूल्य धातुको मूल्यमा आज उल्लेख्य गिरावट देखिएको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घट्दै २ लाख ९८ हजार ७०० रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन भने छापावाला सुन ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार चाँदी प्रतितोला ११० रुपैयाँले सस्तिँदै ५ हजार २० रुपैयाँमा झरेको छ। अघिल्लो कारोबारमा यसको मूल्य ५ हजार १३० रुपैयाँ थियो।
यसरी आज सुन र चाँदी दुबैको मूल्य घट्दा बजारमा खरिदकर्ताका लागि केही राहत देखिएको छ।