काठमाडौ सुकमबासी बस्तीमा डोजर चलेपछी विस्थापित भएका सबै परिवार सरकारको सम्पर्कमा नआएको पाइएको छ । उपत्यकाका सुकुम्बासी बस्तीमा डोजर चल्दा अहिले सम्म करिव ८ हजार नागरिक घर विहिन भएकोमा १८१६ सुकुमबासी परिवार मात्र सरकारको सम्पर्कमा आएको पाइएको हो ।
सरकारको सम्पर्कमा नआएकाहरु डेरामै बस्छु भनेर आफैले प्रवन्ध मिलाएको पाइएको हो । सरकारले काठमाडौँ उपत्यकाका बागमती र सहायक नदी किनारका अवैध संरचना भत्काएपछि अहिले धमाधम बस्तीहरु खाली गर्न डोजर चलिरहेको छ । बागमती र यसका सहायक नदी किनारका जोखिमपूर्ण सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने क्रममा आफूलाई सुकुम्बासी दाबी गर्दै अहिलेसम्म १ हजार ८१६ परिवारका कूल ७ हजार ७८९ जना नागरिक सरकारको सम्पर्कमा आएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
सम्पर्कमा आएकामध्ये ७९४ जनालाई सरकारद्वारा व्यवस्थित होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरिएको छ। दशरथ रंगशालास्थित स्क्रिनिङ सेन्टरमा आएका बाँकी व्यक्तिहरूले भने हालका लागि आफ्नै पहलमा आवासको व्यवस्था गर्ने भन्दै बाहिरिएका छन्।