Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

स्मार्ट टेलिकम प्रकरणः एनआईएमबीका सीईओ ज्योति पाण्डे पक्राउ

स्मार्ट टेलिकम प्रकरणः एनआईएमबीका सीईओ ज्योति पाण्डे पक्राउ

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी आरोपमा प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार स्मार्ट टेलिकमको अनुमतिपत्र रद्द भएपछि सरकारको नियन्त्रणमा आएको सम्पत्तिमा गैरकानुनी रूपमा क्षति पुर्‍याएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो। ६३ वर्षीय पाण्डेलाई सिन्धुलीको बसपार्क क्षेत्रबाट भाग्ने प्रयास गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अनुसन्धानमा पाण्डे लोन रिकभरी कमिटी (एलआरसी) का अध्यक्षको भूमिकामा रहेको र स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रक्रियामार्फत सरकारी स्वामित्व कमजोर बनाउने प्रयास भएको दाबी गरिएको छ। प्रहरीले उनको मोबाइल फोन बन्द रहेको अवस्थामा सवारी जाँचका क्रममा फेला पारेको जनाएको छ।

यसैबीच, बैंकले लिलामी प्रक्रियामा घरभाडा र विद्युत् महसुलबापत करिब ४० करोड रुपैयाँ उठाएर पनि सम्बन्धित पक्षलाई रकम नबुझाएको आरोपसमेत लागेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ।