काठमाडौँ । स्थानीय सुनचाँदी बजारमा शुक्रबार मूल्य ओरालो लागेको छ। लगातार उच्च दरमा कारोबार भइरहेको सुनको मूल्य आज प्रतितोला रु ४ हजारले घट्दै रु २ लाख ९८ हजार ५०० मा झरेको छ। त्यसैगरी चाँदीको मूल्य पनि प्रतितोला रु ३५५ ले घटेर रु ५ हजार ३९० कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार बिहीबार छापावाल सुन प्रतितोला रु ३ लाख २ हजार ५०० र चाँदी रु ५ हजार ७४५ मा कारोबार भएको थियो। बुधबार भने सुनको मूल्य रु ३ लाख २ हजार २०० तथा चाँदी रु ५ हजार ७१० रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा समेत परेको व्यवसायीहरूले बताएका छन्।