काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्य पनि तोलामा ३ सय ३० रुपैयाँले कम भएको छ।
आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला ५ हजार ६० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।