Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपाद्वारा स्वास्थ्य बीमा सुधारबारे नीति मन्थन, ‘जनमुखी र दिगो प्रणाली’मा जोड

रास्वपाद्वारा स्वास्थ्य बीमा सुधारबारे नीति मन्थन, ‘जनमुखी र दिगो प्रणाली’मा जोड

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागले स्वास्थ्य बीमालाई प्रभावकारी र जनमुखी बनाउने उद्देश्यसहित “स्वास्थ्य बीमा सबलीकरणको मार्गचित्र” विषयमा नीति मन्थन कार्यक्रम आयोजना गरेको छ।

सिंहदरबारस्थित कानुन विभागको हलमा सम्पन्न कार्यक्रममा स्वास्थ्य क्षेत्रका विज्ञ, नीति निर्माता, कानुनविद् तथा सूचना प्रविधि विज्ञहरूले स्वास्थ्य बीमाको दिगोपन, वित्तीय स्रोत, व्यवस्थापन र कानुनी सुधारबारे धारणा राखेका थिए।

कार्यक्रममा डा. तोशिमा कार्की ले स्वागत मन्तव्य दिँदै स्वास्थ्य बीमा पुनर्संरचनाको आवश्यकता औंल्याएकी थिइन्। त्यसपछि डा. दीपेन्द्र पाण्डेले विद्यमान समस्या र चुनौतीबारे प्रस्तुति दिएका थिए भने हेल्थ फाइनान्सिङ एक्सपर्ट डा. सुरेश तिवारीले बीमाको पुनर्संरचनामा संरचनागत सुधार आवश्यक रहेको बताएका थिए।

यस्तै, हेल्थ इकोनोमिस्ट डा. रघु काफ्लेले व्यवस्थापन सुधार, पारदर्शिता र डिजिटल प्रणालीमा जोड दिएका थिए। ग्लोबल हेल्थ लिडर डा. शम्भु आचार्यले अन्तर्राष्ट्रिय अभ्यासका आधारमा दीर्घकालीन वित्तीय मोडेल निर्माण गर्नुपर्ने धारणा राखेका थिए।

कार्यक्रममा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवालले उठेका सुझावलाई प्रधानमन्त्री कार्यालयले सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए भने स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा. मनोहर प्रधानले मन्त्रालयले कार्यक्रमबाट आएको निष्कर्षलाई समन्वय गर्ने बताएका थिए।

समापनमा डा. तोशिमा कार्कीले स्वास्थ्य बीमा सुधारसम्बन्धी एजेन्डालाई व्यवहारमा उतार्न संसद् र सरकार दुवै तहबाट दबाब सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरिन्।